Rule 10
प्रस्ताव स्वीकृतिको लागि पेश गर्नु पर्ने
ऐनको दफा ५ बमोजिम कुनै प्रस्ताव कार्यान्वयन गर्न चाहने प्रस्तावकले नियम ७ बमोजिम तयार भएको प्रतिवेदनको पन्ध्र प्रति र सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सिफारिश समेत संलग्न गरी उक्त प्रस्ताव स्वीकृतिका लागि सम्बन्धित निकाय समक्ष पेश गर्नु पर्नेछ ।
तर प्रस्तावकले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिको लागि पेश गर्दा थप प्रभावित हुने क्षेत्रको सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सिफारिस समेत संलग्न गर्नु पर्नेछ ।